सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ चैत । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी छोरी भारतको गोवाबाट बेपत्ता भएकी छन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी आरती हमाल हिजोदेखि सम्पर्कबिहीन भएकी हुन् ।
मेयर हमालले सामाजिक सञ्जालमार्फत छोरी हराएको जानकारी दिएका छन् ।
गोवा बस्ने शुभचिन्तक दाजुभाई दिदिबहिनीलाई खोजी कार्यमा सहयोग गरिदिन पनि मेयर हमालले आग्रह गरेका छन् ।
मेयर हमालले लेखेका छन्, ‘उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा