सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड उल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ।
कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।
पछिल्लो खेलमा ६ विकेटको जित दर्ता गरेको नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा हुनेछ।
नेपालले टोलीमा दुई परिवर्तन गरेको छ। विवेक यादव र अनिल शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा छन्।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा