सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ चैत । आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिलो जित हात पारेको छ।
आयरल्याण्डले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका ।
आयरल्याण्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एकरएक विकेट लिए ।
यसअिघ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो।
आयरल्याण्ड ए का लागि स्टीफन डोहेनीले सर्वाधिक ४६ तथा लियाम म्याककार्थी र टमस मेयसले १६र१६ रन बनाए। फिओन ह्यान्डले ११ रनको योगदान गरे।
केड कार्माइकल ८ तथा कप्तान नेल रक व्यक्तिगत ५ रनमा पेवेलियन फर्किएका थिए। बलिङतर्फ गुल्सन झा, ललित नारायण राजवंशी र कुशल भुर्तेलले २र२ विकेट लिए।
नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड उल्भ्ससँग भोलि दोस्रो खेल खेल्ने तालिका छ। त्यसपछि नेपालको ए टोलीले टी–२० र एक दिवसीय सिरिज खेल्नेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा