सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, १२ चैत । अछामकोमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका-७ सुयेडीमा सोमबार बिहान ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । उनका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् ।
घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको उनले जानकारी दिए । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताए ।
ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण पहिल्याउन अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा