सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ९ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले विगतमा नेपाली ई–स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेकै कारण ई स्पोर्ट्स संघ दर्ता गरिएको बताएका छन् ।
शुक्रबार ई स्पोर्ट्स संघ नेपालको पहिलो साधारण सभालाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले स्पोर्ट्स संघले सबैले अनुभूति गर्ने गरी कार्य योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘विगतमा नेपाली ई स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेको छ । मेरो कार्यकालमा २० देखि २५ वटा संघ दर्ताका लागि आएको थियो । मैले कुनैपनि संघ दर्ता गर्न मानिन । तर, संसार जुन परिवेशमा अगाडि बढि रहेको छ, त्यसको आवश्यकतालाई महशुस गरी ई स्पोर्ट्स राखेपमा दर्ता गरेको हुँ ।’
सदस्य सचिव घिसिङले कुनैपनि राष्ट्रिय खेल संघको साधारण सभाले चयन गर्ने केन्द्रीय कार्यसमिति भन्दा पनि त्यो कार्यसमितिले तर्जुमा गर्ने कार्य योजना अझ महत्वपूर्ण हुने उल्लेख गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा