सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० फागुन । हिन्दू क्यालेन्डर अनुसार फाल्गुन महिनाको शुक्ल पक्षको पूर्णिमा अर्थात २५ मार्च २०२४ को सोमबार चन्द्रग्रहण लाग्नेछ । यो चन्द्रग्रहण बिहान १०ः३८ मा सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ। यो चन्द्रग्रहण नेपालमा देखिने छैन । त्यसैले यसको सुतक अवधि पनि मान्य हुने छैन। साथै, यो चन्द्रग्रहणले होलीमा कुनै असर गर्दैन । यो चन्द्रग्रहण उत्तर र पूर्वी एसिया, युरोप, अष्ट्रेलिया, अफ्रिका, उत्तरी अमेरिका, दक्षिण अमेरिका, प्रशान्त, एट्लान्टिक, आर्कटिक र अन्टार्कटिकाका अधिकांश भागमा देखिनेछ ।
होलिका दहन
होलिका दहन होलीको एक दिन अगाडि गरिन्छ। त्यसपछि होली पर्व मनाइन्छ। होलिका दहन फाल्गुन शुक्ल पूर्णिमाका दिन गरिन्छ । पञ्चाङका अनुसार यस वर्ष फागुन शुक्ल पूर्णिमा मार्च २४ गते बिहान १० बजेर ०९ मिनेटमा सुरु हुनेछ । यो मार्च २५ मा १२ बजेर ४४ मिनेटमा समाप्त हुनेछ। यस्तो अवस्थामा २४ मार्चमा होलिका दहन गरिने भएको छ ।
होलिका दहनमा भाद्र
४ मार्चमा होलिका दहनको दिन मनाइँदैछ । त्यस दिन भद्रा बिहान १०ः०९ बजेदेखि सुरु भई राति ११ः२८ बजेसम्म चल्छ।
होलिका दहनको शुभ मुहूर्त
होलिका दहनको शुभ समय २४ मार्च राती ११.२८ बजे देखि १२.४४ बजे सम्म हुनेछ। पूर्णिमा तिथी २४ र २५ दुबै दिन परेको छ । वास्तवमा, रंगोत्सव प्रतिपदा तिथीमा हुन्छ। होलीको तिथिको सन्दर्भमा फाल्गुन पूर्णिमाको दिन होलिका दहन र भोलिपल्ट रंगोत्सव मनाइने शास्त्रमा मत छ । यसपटक पूर्णिमा तिथी २४ मार्चको बिहान १० बजेर ११ मिनेटमा सुरु भई भोलिपल्ट अर्थात २५ गते प्रदोष कालअघि समापन हुँदैछ । यस्तो अवस्थामा दुवै दिन पूर्णिमा तिथी परेमा पहिलो दिन प्रदोष अवधिमा पूर्णिमा तिथी परेमा सोही दिन होलिका दहन गर्ने शास्त्रमा नियम छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा