सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ फागुन । टी–२० त्रिकोणात्मक सिरिजमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।
नेपालका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। रोहित पौडेल ४२, कुशल मल्ल ३२, सोमपाल कामी २६,गुलशन झा १२, विवेक यादव र आशिफ शेख ६, सन्दीप जोरा ५, करण केसी २ र कुशल भुर्तेल शून्यमा आउट भए।
नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
नामिबियाका क्याट्सम्यान जान निकोलले आक्रामक ब्याटिङ गर्दै १०१ रन बनाए। त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।
ओपनर मलन क्रुङरले ५९ रन बनाए
यस्तै, माइलक भान लिङेनले २०, जेपी कोट्जेले ११ र जान फ्रिलिंकले ५ रन बनाए।
नेपालका लागि रोहित पौडेलले २ र करण केसी र अविनास बोहराले एक एक विकेट लिए।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा