सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले ३७.१ ओभरमै सबै विकेट गुमाएको छ । नामिबियासँगको खेलमा नेपाल जम्मा १६८ रन बनाउन सफल भयो ।
३७.१ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।
नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए । नामिबियाका बर्नार्ड स्कोल्जले ४ र निकोल लोफ्टि(इटनले ३, ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकरएक विकेट लिए ।
आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ मा नेपालले तेस्रो खेल खेलिरहेको हो । आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
दुई खेल खेलेको नेपाल एक जित र एक हारबाट दुई अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ । समान अंक जोडेको नामिबिया दोस्रो र समान अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा आसिन छन् । यसअघि खेलिएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले हराएको थियो ।
लिग–२ को यो दोस्रो संस्करण हो । लिग–२ शृंखला सन् २०२७ सम्म चल्नेछ । लिग–२ शृंखलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्रमात्र सहभागी थिए । लिग–२ शृंखला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो ।
सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ । यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नाबियार र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् । यसअघि सम्पन्न आईसीसी क्रिकेट वल्र्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग–२ मा थपिएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा