सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले दम्पत्ति अष्ट्रेलियाका धनाढ्यको सूचीमा चार स्थान माथि उक्लिएका छन्। ६ करोड १० लाख डलर सम्पत्ति बढाउँदै उनीहरु सन् २०१७ को अष्ट्रेलियाली धनीको सूचिमा १०१ स्थानमा परेका छन्।
फाइनान्सियन रिभ्यु म्यागेजिनले बिहीबार सार्वजनिक गरे अनुसार गत वर्ष उनीहरु १०५औँ स्थानमा रहेका घले दम्पती यो वर्ष १०१ स्थानमा पर्न सफल रहेका छन् ।
गतवर्ष उनीहरुको सम्पत्ति ५८ करोड ६० लाख डलर थियो। भने यो वर्ष वर्ष उनीहरुको ६४ करोड ७० लाख डलर सम्पत्ति रहेको छ ।
लम्जुङमा जन्मिएका शेष र जमुना उच्च शिक्षाका लागि सन् १९९१ अष्ट्रेलिया पुगेका थिए। ३७ वर्ष अघि विवाह बन्धनमा बाँधिएको यो जोडी अष्ट्रेलियामा धनाढ्यको सूचिमा परेसँगै सन् २००७ मा नेपालमा लगानी लिएर फर्किएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा