सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ पौष । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले राप्रपाबाट राजीनामा दिएका छन् ।
पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै विष्टले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
विष्टले पार्टी केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘म झापा गौराहद–७ निवासी अम्बर बहादुर विष्ट राप्रपाको स्थापनाकालदेखि नै सदस्य भई हाल पार्टीको केन्द्रीय सदस्यको रूपमा रहिरहेको अवस्थामा पार्टीले कोशी प्रदेश सभाको सदस्यको रूपमा निर्वाचित गराएकोमा हार्दिक आभार व्यक्त गर्दछु । मिति २०८०।०९।२४ गते कोशी प्रदेश सभाले मलाई सभामुखको रूपमा निर्वाचित गराएकोले पदीय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग रहेको ब्यहोरा निवेदन गर्दछु।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा