सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ पौष । नेकपा एमालेले आज हुने कोशी प्रदेश सभाको सभामुख निर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
सभामुखमा एमालेले उम्मेद्वारी नदिने र गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउँने निर्णय भएको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए ।
कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुँदैछ । सभामुखमा झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राप्रपाका अमरबहादुर विष्टलाई सभामुखको उम्मेदवार बनाउने दलहरुको तयारी छ ।
एमालेले सभामुखमा विष्टलाई सधाउने तयारी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा