सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ असोज । सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने परमादेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले जारी गरेको परमादेशको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।
ललितपुरकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनको तर्फबाट दायर रिटमा आदेश जारी गर्दै सर्वोच्चले आमाको वंशज नागरिकता भएको अवस्थामा उनका सन्तानको पनि वंशजकै नागरिकता हुने र आमको स्थायी ठेगाना नै सन्तानको पनि स्थायी ठेगाना हुने परमादेशमा उल्लेख गरीएको छ ।
महर्जनले नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय ललितपुर, महालक्ष्मि नगरपालिका वडा नं ६ सिद्धिपुरलाई विपक्षि बनाएर मुद्धा दायर गरेकी थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा