सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुइवटा मन्त्रालय लिएर सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
आज मंगलबार बिहान प्रधानममन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।
प्रधानमन्त्री दाहाल, सुदुर पश्चिममा मुख्यमन्त्री कमल बहादुर शाह, नाउपाकी अध्यक्ष एवं भूमी व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीच सोमबार सरकारमा सहभागी हुने बिषयमा छलफल भएको थियो ।
नाउपाले कृषि मन्त्री र कृषी राज्यमन्त्री पाउने सहमति भएको छ । त्यसका लागि भोलि बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने बताइएको छ ।
त्यसैगरी नाउपाले प्रदेशमा दुईवटा संसदीय समितिको सभापति पनि पाउने भएको छ ।
पार्टीका संरक्षक रेशम चौधरीले सहमति बनेकाले बिहिबार सरकारमा सहभागी हुन लागेको सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा