सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, ९ चैत । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेशका पूर्व मुख्य सचिव रहेका शाही यसअघि योजना आयोगको सदस्य थिए।
शाही यसअघि नेकपा एमालेको कोटाबाट योजना आयोगको सदस्य भइसकेका छन् । यद्यपि ०७९ को प्रदेश सभाको निर्वाचनमा एमालेबाट प्रदेश सभाको टिकट नपाउने भएपछि माओवादी प्रवेश गरेका थिए । माओवादीबाट दैलेख –२ (ख) बाट प्रदेश सभा निर्वाचन लडेका थिए। शाही दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका निवासी हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा