सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ पुस । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्माले नियुक्त भएका छन् । शर्मालाई आज बुधवार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री नियुक्त गरेका छन् ।
माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र नेकपा एकीकृत समाजवादीका एक जना गरी २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
कर्णालीमा माओवादी केन्द्र र एमालेबीच साढे दुई –दुई वर्ष प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
शर्मा गएको मङ्सिर ४ गते भएको चुनावमा रुकुम पश्चिम प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा