सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् ।।
प्रधानमन्त्री प्रचण्डले आज सोमवार सङ्घीय संसद्का महासचिवलाई पत्र लेखी २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो । विश्वासको मत पाएपछि मात्र उहाँँले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आउनुभएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठक यही २५ गते बोलाइएको छ । १६९ जना सांसदको समर्थन पुर्याएर प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।
यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते प्रधानमन्त्रिमा नियुक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले पुस ११ गते राष्ट्रपतिसमक्ष शपथ लिएका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा