सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । कर्णाली प्रदेश सभा एमाले संसदीय दलको नेतामा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेल सर्वसम्मत चयन हुनु भएको छ ।
दल नेतामा दाबी गरिरहनु भएका एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले सर्मथन गरेपछि कँडेल सर्वसम्मत रुपमा दलको नेतामा आज चयन हुनु भएको हो ।
कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लड्नु भएको थियो । ४० सिट रहेको कर्णाली प्रदेश सभामा यो पटक एमाले १० सिटसहित तेस्रो दलको रुपमा रहेको छ ।
एमाले र नेकपा माओवादी केन्द्र वीच आपसी तालमेल भएमा यसपटक कँडेल नै मुख्यमन्त्रीको प्रवल दावेदार मानिनु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा