सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा। पाल्पामा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन् । बिहान साढे ४ बजेतिर बुटवलबाट यात्रु लिएर जुठापौवा हुँदै अर्घाखाँची जाँदै गरेको लु१ख १४३१ नम्बरको जिप रैनादेवी छहरा गाउँपालिकास्थित भैरव मावि छहराको निमार्णधिन भवन माथी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
११ जना यात्रु रहेको उक्त जिपमा सवार झापा जिल्ला टोपकासी गाउँपालिका ५ बस्ने ४४ वर्षीय कृष्णबहादुर राई, रैनादेवी छहरा-६ का २४ वर्षीय दिपक पुन, सोही स्थानका १९ वर्षीया हिरा पुन र ४१ वर्षीय छविलाल रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।
राति १२ बजे बुटवलबाट जुठापौवाको लागी हिडेको जिप के कारणले दुर्घटना भयो भन्नेबारे खुलेको छैन । घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा