सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र २ के उपनिर्वाचनमा विजयी नेकपा (एमाले) का सुहाङ नेम्बाङलाई बधाई दिएको छ। रास्वपाका महामन्त्री डा. मुकुल ढकालले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभामा निर्वाचित नेम्बाङलाई शुभकामना दिँदै निर्वाचन परिणामले आफ्ना प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको पनि स्वीकारेको छ।
महामन्त्री ढकालले जारी गरेको विज्ञप्तिमा पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यो निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने उल्लेख छ।
‘निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको इङ्गित गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सही समयमा घण्टी नबजाएर बजाइ दिनुभएको साङ्केतिक घण्टीले हामीलाई सचेत गराएको छ।’
नतिजा आफू अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको पार्टीले सम्मान गर्ने रास्वपाले जनाएको छ। ‘नतिजा हाम्रो अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौँ। साथै, निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौँ।’
उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको गहन समीक्षा गर्ने बताएका छन्। इलाम( २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५०५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा