सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरूबाट सन्तुष्ट नभएको दाबी गरेका छन् ।
गठबन्धनको एउटा घटक जसपाका अध्यक्ष समेत रहेका भट्राईले सामाजिक सञ्जाल ट्विटर मार्फत नो भोटको प्राबधान नहुॅदा जनताले पुरानै दल वा नयाँ ब्यक्तिलाई चुनावमा जिताउनु परेको बाध्यताकारी दबाब रहेको बताएका हुन् ।
भट्टराईले ट्विटर भनेका छन्, ‘समग्र समीक्षा हुॅदैगर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्नसकिन्छ-जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्!नो भोटको प्राबधान नहुॅदा र सत्तामा शुन्यता हुननसक्ने हुॅदा पहिले एउटा खराबले जितेको ठाउॅमा(भक्तपुर बाहेक)अहिले अर्को खराबलाई वा नयाॅ व्यक्तिलाई हाल्दैछन्!दुखद कुरा विकल्प पनि छैन!’
बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा अधिकांश उमेदवारहरु पुरानै २०७४ का अनुहार देखिएका छन् । पछिल्लो मतपरिणाम हेर्दा चुनावमा दल र पार्टी फरक भएपनि आखिर स्थापीत पुरानो पार्टी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) कै वर्चस्व रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा