सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँँ, ३ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीलार्य १५ मतले पछाडि पारेकी छिन् । उहाँले ५३८२ मत प्राप्त गर्नु भएको छ भने एमालेका विजय सुवेदीले ५३६७ मत प्राप्त गर्नु भएको छ ।
यस्तै, पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै छ । उहाँले अहिलेसम्म ५७४८ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ५०७८ मत ल्याउनु भएको छ ।
यसैगरी, विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालालाई अग्रता छ । कोइरालाले ६६०० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले ४८९१ मत ल्याउनुभएको छ ।
विरगञ्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले ५८२७ मत पाउँदा र एमालेका उम्मेदवार विजयकुमार सरावगीले २५७३ मत पाउनु भएको छ ।
यता, काठमाडौँ महानगरपालिकामा स्वतन्त्रबाट मेयरका उमेदवार बालेन शाहले ९,६०५ मत पाएर अग्रता कायम राखेका छन् ।
एमालेका केशव स्थापित बालेनभन्दा ४,५०१ मतले पछि छन् । स्थापितले ५,१०४ मत पाउदा कांग्रेसकी सिर्जना सिंहले ४,४८३ मत पाएकी छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा