सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ चैत्र १६ ,सेयर बजारमा बुधबार दिनभरि तीब्र उतार चढावसहित साढे दुई अर्ब रुपैयाँ भन्दाबढीको सेयर किनबेच भएको छ । कारोबार रकम लगातार बढेर गई दुई अर्ब ५६ करोड पुग्नुले बजारको आकार बिस्तार भएको संकेत गरेको छ भने सस्तोमा सेयर किनेकाहरुले फाईदा खाई बेच्ने प्रयास गर्दा माग र आपुर्तिमा समेत सन्तुलनको अबस्था देखिएको छ ।
लगातार बढेको कम्पनीका सेयर मूल्य केही घटेर ठूलो परिमाणमा सेयर किनबेच भएको छ । एक महिना अघि दैनिक ३० ३५ करोडको कारोबार हुने गरेकोमा चैत्रको दोस्रो साता नलाग्दै कारोबार रकम बढेर एक अर्ब नाघ्नु र अहिले साढे दुई अर्ब बढीको सेयर किनबेच हुन थाल्नुले लगानीकर्ताहरुको मनोबल अरु बढाउने छ । अघिल्लो साताभरिको जम्मा कारोबार रकम साढे ६ अर्ब थियो । पहिले सस्तोमा सेयर किनेर बसेकाहरुले फाईदामा बेच्न खोज्नु र किन्नेले पनि सस्तोमा किन्न चाहनुबीचको मोलतोलमा नेप्से २२ अंकले घटेको छ । बुधबार दिनभर बजार घटबद भईरहँदा नेप्सेमा ५५ अंकको फरक परेको छ । यसले सेयर मूल्यमा निकै उथल पुथल भएको पुष्टि गर्दछ ।
सेयर बजार लगातार घटिरहने र बढिरहने नभई बांगोटिंगो रेखा बनाएर जाने, माग र आपुर्ति, अर्थतन्त्र, राजनीति, लगानीकर्ताको मनोबल, तरलताको अबस्था, अन्यत्र लगानी जाने संभावनाले बजारको घटाई र बढाईमा भुमिका खेल्छ । बुधबारको कारोबारले बजारको स्थायित्वमा भुमिका खेलेको देखिन्छ । बजारमा १४९ कम्पनीका १५ हजार ८२ कारोबार भएका छन्, जसलाई औसतमा हिसाब गर्दा पाँच हजार लगानीकर्ताले बुधबारको सेयर किनबेचमा प्रत्यक्ष रुपमा भाग लिएको अनुमान गर्न सकिन्छ । एक लगानीकर्ताले औसत तीनवटा कारोबार गरेको आँकलनमा यो संख्या उल्लैख गरिएको हो । यसको यकिन तथ्यांक पत्ता लगाउन गाह्रो हुने नेप्सेका कर्मचारीहरु बताउँछन् ।
नेपालको जनसंख्या तीन करोड रहेको हिसाब गर्दा सेयर कारोबारमा दैनिक संलग्न हुनेहरुको यो संख्या निकै सानो हो, त्यसमाथि संस्थागत लगानीकर्ताहरुले गर्ने बहु कारोबार पनि यसैमा जोडिएको छ । बजार बढ्ने क्रममा रहेको समाचारले आगामी दिनमा अरु धेरै सर्बसाधारण आकर्षित हुन्छन् । सेयर दलालहरुले राजधानी बाहिर पनि शाखा बिस्तार गरी लगानीकर्ताहरुलाई समेट्ने क्रम जारी रहेको हुँदा दैनिक किनबेचमा सहभागी हुने लगानीकर्ताहरुको संख्या बढ्दै जाने देखिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा