सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नमराज भट्ट/ काठमाडौं । वरिष्ठ बालरोग विशेषज्ञ डा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिक भएको छ।
पेशाले चिकित्सक समेत रहेका डा.जोशीको उक्त गीतमा गायिका नेहारिका ज्ञवाली र गायक प्रताप दासले स्वर दिएका छन्। अमेरिकी नागरिक नन्दन नयरको संगीत तथा एरेन्ज रहेको मिठा मिठा बात बोलको गीतमा निकै साथ दिइएको छ।
गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ। प्रभावनले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा सन्तोष बानियाँ र नेहारिकाको नृत्य रहेको छ।
भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन्।
डा. जोशीका पुराना गीत देशको लागि आउँछ मलाई याद भन्ने बोलको गीत पहिले निकै राम्रो चर्चामा आएको थियो।
यस्तै गरी हिन्दीमा पनि देश कि लागेहे मोह याद र लम्बी हाये जस्ता गीतहरु पनि पहिला सार्वजनिक भइसकेका छन्।
डा. जोशी ‘मिठा मिठा बात’ गीतबाट माया प्रेम, सदभावको विकास, सुख दुख गरेर सँगै बस्न जस्ता शब्द सँग मेल खाएको बताउँछन्। यो गीत यूट्युब च्यानलबाट पनि सार्वजनिक भएको छ।
सुदुरपश्चिमको बैतडी जिल्लामा जन्मिएका डा. जोशी निकै सहयोगी, मिलनसार र सामाजिक अभियान्ताको रुपमा परिचित छन। हाल डा. जोशी बिगत एक दशक देखि अमेरिकामा हुनुहुन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा