सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भर्खरै मात्र लन्च भएको गाडी अल न्यू आई२० का लागि साउन २९ गते गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपालका प्रतिष्ठित मिडिया हाउसका प्रतिनिधिको उपस्थिति रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
सो कार्यक्रममा अल न्यू आई२० का इजी र स्पोर्टी विशेषतामाथि ध्यान आकर्षण गराइएको कम्पनीले जनाएको छ । एक हप्ताअगाडि मात्र नेपालमा लन्च भएको अल न्यू आई२० लाई बजारमा जबर्जस्त प्रतिक्रिया प्राप्त भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अल न्यू आई२० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर ह्वाइट र फायरी रेडमा उपलब्ध हुने बताइएको छ । नेपालमा यसको माग्ना र स्पोर्टज भेरिएन्ट पाइने विज्ञप्तिमा उल्लेख छ । यसको मूल्य ३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १४ सोरुम र १८ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा