सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८–०७९ को मौद्रिक नीति जारी गरेको छ । यसका सबल र कमजोर पक्षहरुका विषयमा छोटो चर्चा गर्ने प्रयास यो लेखमा गरिएको छ ।
मौद्रिक नीतिमार्फत अघि सारिएको सिसिडी रेसियो खारेजी र कर्जा–निक्षेप अनुपात ९० प्रतिशत कायम गर्ने प्रावधान नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७–०७९ को मौद्रिक नीतिको सकारात्मक पाटो हो । यसले तरलता बढाउन मदत गर्छ ।
रेमिटेन्स रकम बैंक, वित्तीय संस्थामा राख्दा एक प्रतिशत बिन्दुले बढी ब्याज दिने व्यवस्थालाई पनि मौद्रिक नीतिको सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । यो व्यवस्थाले
तरलता बढाउन र बैंकिङ माध्यमबाट रेमिटेन्स ल्याउन योगदान पुग्नेछ । सोही तथ्यलाई मध्यनजर गर्दै परिसंघले मौद्रिक नीतिमा यो व्यवस्था राख्न सुझाव दिएको थियो ।
कन्सोर्टियम फाइनान्स (सहवित्तीयकरण)को सीमा एक अर्बबाट दुई अर्ब पुर्याउनुलाई पनि मैले मौद्रिक नीतिको स्वागतयोग्य पक्षको रुपमा लिएको छु । यसले उद्योगी, व्यवसायीलाई वितीय स्रोत जुटाउन सहज हुनेछ ।
कोभिडबाट अति प्रभावित व्यवसायको ब्याज एक वर्षसम्मका लागि फ्रिज गर्ने प्रावधानले व्यवसायीलाई थोरै भए पनि राहत हुनेछ । यातायात व्यवसायीलाई मर्मतसम्भारका लागि अतिरिक्त ऋणको व्यवस्था र २५ लाख रुपैयाँसम्मको ऋणलाई विपन्न कर्जामा गणना गर्न पाउने प्रावधानहरु मौद्रिक नीतिका सकारात्मक पाटा हुन् ।
वाचलिस्टको दुई वर्षलाई तीन वर्ष गर्ने निर्णय पनि सकारात्मक छ । परिसंघले यसलाई पाँच वर्ष पुर्याउन माग गरेको थियो । एक करोडभन्दा कम ऋण भएका घरेलु तथा साना उद्योगको बेस रेटमा २ प्रतिशतको सीमा तोकिनु मौद्रिक नीतिको अर्को राम्रो पक्ष हो । उनीहरुका लागि पुनरसंरचना र पुनरतालिकीकरणको व्यवस्था गरिएको छ, त्यो पनि सकारात्मक छ ।
निर्माण व्यवसायीलाई परियोजना सम्पन्न गर्ने ग्रेस पिरियड पाएका छन्, उनीहरुका लागि पुनरसंरचना गरिनु पनि सकारात्मक छ ।
यति हुँदा हुँदै पनि मौद्रिक नीतिले कतिपय मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन । बजेटमा स्टार्टअपको लागि २५ लाख रुपैयाँसम्म बिनाधितो ऋण दिने भनिए पनि मौद्रिक नीति स्पष्ट केही भनिएको छैन । सेयरमा लगानी गर्न १२ करोडको सीमा तोकिँदा पुँजी बजारमा प्रभावित गर्नेछ । कोभिडबाट अति प्रभावित ठूला र मझौला उद्योगका लागि पुनरकर्जाको सीमा बढाउने परिसंघको सुझावलाई पनि मौद्रिक नीतिले सम्बोधन गर्न सकेन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा