सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई उनकै कार्यालय गएर राजीनामा बुझाएकाे एमालेका सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् ।
बुधबार दिउँसो १ उनी विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान गर्ने कार्यसूचि प्रदेशसभाले निकालेको थियो ।
अन्तिम समयसम्म सर्वोच्च अदालतको आदेश कुरेर बसेका पोखरेलले प्रदेशसभा सुरु हुनु केही मिनेट अघि मात्रै प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन् ।
प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् ।
विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।
एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।
बिहान बसेको संसदीय दलको बैठकले १२ः३० बजेसम्म सर्वोच्च अदालतको आदेश कुर्ने निर्णय गरेको थियो ।
प्रदेशसभाका एमाले सांसद लिला गिरीले विशेष अधिवेशन र अविश्वास प्रस्ताव रोक्न माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ। संसद बैठक सुरु हुने बेलासम्म सर्वोच्चबाट आदेश नआएपछि पोखरेलले राजीनामा बुझाएका हुन् ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ । न्यायाधीश भट्टराईको इजलासमा उक्त रिट निवेदन आठौँ नम्बरको पेसी सूचीमा छ ।
प्रदेशसभामा कायम ८० जना सांसद रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरि ४१ सांसद छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा