सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१० चैत, काठमाडौं । चीनले शान्ति सेना र विपद व्यवस्थापनका लागि नेपाली सेनालाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने बचन दिएको छ ।बिहीबार मात्र नेपालको तीन दिने भ्रमणका आएका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपाली समकक्षी बालकृष्ण खाँडलाई भेटेर सहयोगको बचन दिएका हुन् ।
रक्षा मन्त्रालयमा भएको भेटमा चिनियाँ रक्षामन्त्री चाङले शान्ति सेनाका साथै विपद व्यवस्थापन र विकास निर्माणका काम गर्दा आवश्यक पर्ने हेभी इक्विपमेन्टहरु उपलब्ध गराउने बताएका हुन् । ‘हामीले लिस्ट लिएपछि उनीहरुले उपलब्ध गराउनुहुन्छ,’ भेटपछि रक्षामन्त्री खाँडले भने ।उनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच बेइजिङमा हुने भेटवार्तामा पनि सैन्य सहयोयबारे थप छलफल हुनेछ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा