सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेदरल्यान्डका तथ्यांक सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लंघन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार युरो बराबरको जरिवाना घोषणा गरेका छन् ।
नेदरल्यान्ड तथ्यांक संरक्षण प्राधिकरणले भनेको छ, ‘टिकटकको एप स्थापनासम्बन्धी जानकारी अंग्रेजीमा रहेको र डच बच्चाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ ।
‘टिकटकको व्यवस्थापनले गोपनियतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्यांक कसरी एपले संकलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,’ डिपिएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘यो गोपनीयता कानुनको उल्लंघन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्यांक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ,’ डिपिएका अधिकारीले भनेका छन् ।
तथ्यांक संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्यान्ड्समा तीन करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जालमाथि गत वर्ष अनुसन्धान आरम्भ गरेको थियो । यद्यपि डिपिएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ ।
एएफपीलाई दिइएको विज्ञप्तिमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।
‘डच तथ्यांक संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दाबी टिकटकले गरेको छ । इयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने गत मेमा जनाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा