सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक परेको छ । केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्दा रहनुभएका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।
केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसक्नुभएको र आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने उनको घरपरिवारले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा