सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं: नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरलाले एमालेको नक्कली राष्ट्रवादका कारण मुलुक जोखिममा परेको अाराेप लगाएका छन्।काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघको चौथो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै कोइरालाले एमालेले नक्कली राष्ट्रवादको नारा लगाएर मुलुक र जनताको आँखामा छारो हाल्ने काम गरेको अारोप लगाएका हुन्।
उनले मधेसी मोर्चा र एमालेको हठ र दम्भका कारण मुलुक जटिल मोडमा पुगेको बताए। संसदमा टेबुल भएको संविधान संशोधनको प्रस्तावलाई छलफल नै गर्न दिंदैनौ भन्ने एमाले र संशोधन प्रस्ताव पारित नभए चुनावमा जाँदैनौं भन्ने मधेसी मोर्चा दुवै अलोकतान्त्रिक र अतिवादी पार्टी भएको कोइरालाको अारोप छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा