सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेनाको नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयको आज निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले पृतनाले विपद् व्यवस्थापन र उपत्यका लगायतका जिल्लामा शान्ति सुव्यस्था कायम राख्न खेल्दै आएको भूमिकाबारे जानकारी लिनुभयो ।
रक्षामन्त्री खाँणलाई पृतनापति उपरथी शरदकुमार गिरीले उपत्यका पृतनाको कार्यक्षेत्र र दिएको जिम्मेवारी, जनशक्ति र यहाँबाट हुने कार्य सम्पादनका बारेमा जानकारी गराउनुभयो ।
सो अवसरमा रक्षामन्त्री खाँणले नेपाली सेनालाई आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली सेनाले शान्ति सुव्यस्था एवम् विपद् व्यवस्थापनमा गरेको कार्यको प्रशंसा गर्नुभयो ।
निरीक्षणपछि रक्षामन्त्री खाँणले जवानका मेसमा जवानसँग बसेर खाना खानुभएको थियो । सो अवसरमा जवानहरुले सेनालाई बिहानको खाजामा दिइँदै आएको चना र अण्डामा रोटी वा पाउरोटीलाई पनि समावेश गरिदिन हुन रक्षामन्त्रीसँग अनुरोध गरेका थिए ।
निरीक्षण भ्रमणमा रक्षा सचिव श्रीधर सापकोटा पनि सहभागी हुनुहुन्थ्यो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा