सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्वालालम्पुर ( मलेसिया ) । मलेसिया सरकारले अबैधानिक (ईलिगल) हैसियतमा बसेका नेपालीसहित आप्रवासी कामदारहरुलाई पुनः स्वदेश फर्किने मौका दिइएको छ।
मलेसिया सरकारले यहाँ रहेका अबैधानिक कामदारहरुको व्यवस्थापनको लागि अहिले (रिक्यालीब्रेसन) नामक कार्यक्रम ल्याएको छ।
मलेसिया स्थित नेपाली दूतावासको द्धितिय सचिव प्रतिक कार्कीले बताएअनुसार यस कार्यक्रम अन्तर्गत मलेसिया सरकारले दुई वटा अवसर प्रदान गरेको छ। पहिलो अवसर ” मलेसियामै वैधानिक रुपले काम गर्न पाउने प्रक्रिया” र दोश्रो अवसर “सहुलियत दरको जरिवाना तिरेर मुलुक फर्किने” रहेको द्धितिय सचिव कार्कीले बताए।
मलेसियामा कार्यरत नेपाली अबैधानिक (इलिगल) नेपाली कामदारहरुको सहयोगको लागि दूतावासको अफिसियल फेसबुक पेजमार्फत द्धितिय सचिव कार्कीले एक भिडियो सन्देश जारी गर्दै,बोल्दै भन्नुभयो मलेसिया सरकारले दिएको समय सिमा अहिलेदेखि आउदो बर्ष २०२१ को जुन महिना ३० तारिखभित्र स्वदेश फर्किन वा अबैधानिक हैसियतबाट बैधानिक बनेर मलेसियामै काम गर्न वातावरण मिलाउन नेपालीहरुलाई अनुरोध गरेको छ।
सहुलियत दरको जरिवाना तिरी स्वदेश फर्किने नेपाली कामदारहरुले मलेसियाको अध्यागमन बिभाग (इमिग्रेशन) को कार्यालयमा गैइ आरएम ५ सय रिंगेट तिरेर चेक आउट मेमो लिनु पर्ने दूतावासले जनाएको छ।
यसका लागि राहदानी वा नेपाली दूतावासले जारी गर्ने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) र नेपाल फर्किने हवाई टिकट हुनु पर्नेछ । यस कार्यक्रम अन्तर्गत नेपाल फर्कनको लागि मलेसियाली अध्यागमन बिभाग (ईमिग्रेशन) बाट चेक आउट मेमो लिनु पर्नेछ।
सोको लागि अध्यागमन बिभागले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम अनुमति (appointment) लिनुपर्नेछ। अनलाइन अपोईन्मेन्टबाट यी सम्पूर्ण कामहरु सजिलै गर्न सकिने दूतावासले जनाएको छ।
साथै यात्रा अनुमतिपत्र सम्बन्धि र अध्यागमन बिभागको सम्बन्धित सम्पुर्ण प्रक्रिया पूरा भैइसकेपछि नेपाल फर्किनुभन्दा पहिला एयरलाइन्सहरुको नियमअनुसार ७२ घण्टा भित्रको कोरोना भाइरस सम्बन्धि पिसिआर चेकजाँच गराएको रिपोर्ट अनिवार्य साथमा हुनुपर्ने अनि बल्ल एयरपोर्ट गएर स्वदेश फर्किन पाउने बताइएको छ।
प्रक्रिया सुरु भैसकेकोले आजैबाट सहभागी हुन् दूतावासले अबैधानिक रुपा बसेका नेपालीलाई अनुरोध गरेको छ। मलेसियाले ल्याएको यो कार्यक्रमबाट अवैध रुपमा बसिरहेका हजारौंहजार नेपाली लाभान्वित हुनेछन बताइएको छ।
मलेसिया सरकारले यसघि सन् २०१९ मा पनि अबैधानिक कामदारहरुलाई स्वदेश फर्किन दिनको लागी सहयोग स्वरुप “ब्याक फर गुड” नामक आममाफी कार्यक्रम ल्याएको थियो।
मलेसियाली अध्यागमन बिभाग (इमिग्रेशन) संग अनुमति (appointment) लिनको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा