सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरीका उखु किसान दीपावली (तिहार) पर्वको मुखमा धमाधम उखु पेल्न लागेका छन् । दीपावली र लगत्तै आउने छठ पर्वमा मिठ्ठा (सक्खर) को माग निकै हुने बेला पारेर किसान उखु पेल्न जुटेका हुन् ।
अहिले घरमा पेलिएको उखुको सक्खर आम उपभोक्ताको रोजाइमा पर्ने भएपछि किसानको यस काममा व्यस्तता बढेको हो । जिल्लाको बर्दिबास, भङ्गाहा, गौशाला र औरहीसहित उखु खेती निकै गरिने नगरपालिका क्षेत्रका बस्ती÷बस्तीमा अहिले घरघरैजसो तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन् ।
“अहिले चाडपर्वले मिठ्ठाको माग निकै छ, त्यसैले तत्काल नगद हात पर्ने हुँदा उखु पेल्न थालिएको हो”, भङ्गाहा–४ प्रेमनगरका किसान सुफल महतोले भने, “अन्य बित्दो खेतीको काम नभएको र चाडपर्व मनाउन तत्काल नगद पाइने हुँदा उखु पेल्न लागेका हौँ ।” चिनी मिल (उद्योग) को चलान कहिले खुल्ने टुङ्गो नहुने र भुक्तानी पनि समयमा नपाउने भएपछि उखु पेल्न थालिएको किसानको भनाइ छ ।
अहिले बर्दिवास नगरपालिकाका किसाननगर, मनहरिपुर, कृष्णपुर, फूलबारीटोल, बिजलपुरा, खजुरिया, पशुपतिनगर, हाथीलेट र प्रेमनगरसहितका बस्तीमा आम किसानलाई उखु पेल्ने चटारो देखिँदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा