सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण हुनेको संख्या २५०८ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ९७६ महिला र १५३२ पुरुष गरी आज २५०८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज कोरोना भाइरसलाई जितेर घर फर्किनेहरु २२६४ जना रहेका छन् ।
पछिल्लो अपडेट अनुसार आज ९ हजार २ सय ७९ पिसिआर परीक्षण भएको छ। आज देशभर १७ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ। देशभर आजसम्म २२.६ प्रतिशत अर्थात् ३८ हजार ३ सय ५७ सक्रिय संक्रमित रहेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा