सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । गायक शरद ढुंंगेल र गायिका साक्षी अगस्तीको स्वरमा रहेको यो माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
यसअघि तिमी बिना, वचनमा स्वर दिएर चर्चा कमाएका गायक ढुंगेलको नयाँ गीत यो माया रिलिज भएसँगै चर्चा सुरु भएको छ ।
किशोर कोइरालाको शब्द शृजनामा संकेत अगस्तीको संगीत रहेको गीतको भिडियोमा तारा सँग्रौला र ऋचा थापाको अभिनय देख्न सकिन्छ।
वैँशालु उमेरमा जानेर , अन्जानमा प्रेममा पर्ने युवा पुस्ताको कथालाई समेटिएको भिडियोमा मोडलका रुपमा ताराले डेब्यू गरेका छन् । यस गीत मा सन्जीव बराईली गिटार ,सुन्दर कुमार महर्जन जुम्बे अनि पुरुषोत्तम न्यौपाने को एरेन्ज र कोरस गायिका पुजा पन्तको पनि उत्तिकै योगदान रहेको छ।
शक्ति प्रज्वल घिमिरेको निर्देशन रहेको सार्वजनिक गीतमा ऋचा र ताराको अभिनयलाई कलात्मक ढंगले देखाइएको छ । नमराज घिमिरेको छायांकन रहेको गीतको सम्पादन पनि निर्देशक घिमिरेकै रहेको छ ।
हेर्नुहोस् भिडियो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा