सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राैतहट । अविरल वर्षा सँगै गएराति झाँझ नदीमा आएको बढीले रौतहटको जयनगर मा बाटो कटान सुरु गरेको छ ।
झाँझ नदीमा आएको बाढीले जयनगर मा रहेको झाँझ नदीको पुलको पछिम छेउमै बाटो कटान सुरु गरेको छ ।
उक्त पुलको छेउको ९० प्रतिशत सडकको भाग बढीले कटान गरिसकेको र अब १० प्रतिशत अर्थात एक देखि डेढ मीटरसम्म मात्रै बाटो कटान गर्न बाँकी रहेको देखिएको छ ।
बाढीले कटान गर्न बाँकी रहेको उक्त डेढ मीटर बाटो कटान गरी उक्त सडक नै अवरुद्ध हुने छ ।
दैनिक मधोपुर, विसुनपूर्वा मानपुर, सिंगारमन धर्मपुर, जयनगर सहित दर्जनौं गाउँका हजारौं बासिन्दा हरु जयनगर को झाँझ पुल को बाटो भएर नै आवत जावत गर्ने गर्दछन ।
सम्बन्धित निकायले तत्काल उक्त कटान लाई नियन्त्रण गर्न सकेन भने बाढीले उक्त सडक पूर्ण रूपमा कटान गरेपछि दर्जनौं गाउँका बासिन्दाहरुलाई आवत जावत गर्न ठूलो कठिनाई हुने निश्चित रहेको छ ।
पुलको पारी पूर्व पट्टी समेत दर्जनौं घर परिवार बसोबास गरेका छन् बाटो कटान हुँदा पुलको पारी बस्ने बासिन्दाहरुलाई समेत आवत जावत गर्न ठूलो कठिनाई हुने देखिएको छ ।
सम्बन्धित निकायले समयमै उक्त कटान लाई नियन्त्रणमा लिएर अवरुद्ध हुन् लागेको बाटोलाई जोगाउनेतिर ध्यान दिनु जरुरी रहेको देखिएको छ ।
यता गरुडा नगरपालिका १ जयनगर का वडा अध्यक्ष सरोज यादव ले अवरुद्ध हुन् लागेको बाटोलाई जसरीपनि जोगाउने प्रतिबद्धता जनाएका छन् ।
उक्त बाटो कटान लाई रोक्ने तयारी गरिरहेको वडा अध्यक्ष यादवले बताए ।
सम्भवत आजै नभए भोलि तत्कालको लागि बोरामा माटो वा ढुंगा ,ईटा हालेर उक्त बाटो कटान लाई नियन्त्रणमा लिने वडा अध्यक्ष सरोज यादवले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा