सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४४९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १४९७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १४९७ जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ६९ हजार ३०३ जना पुगेको छ । आज १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५० हजार ४११ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ९ हजार ८२३ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ५६५ रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा