सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले पहिलो पटक बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ सार्वजनिक गरिएको छ ।
काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ सिप्रदीले सार्वजनिक गरेको हो ।
भारतीय बजारमा टाटा एच फाइभलाई टाटा ह्यारियर भनेर चिनिने गरिन्छ । यसैगरी नेपाली बजारमा केही दिन अघि बुकिङ्ग खुला भएको टाटा एच फाइभको मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
सिप्रदीले टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने जनाएको छ ।
टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभीले बजारमा आमूल परिवर्तन ल्याउने जनाएका छन् ।
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली बजारमा टाटा एच फाइभ सार्वजनिक गरिएको जानकारी दिएका छन् । उनले टाटा एच फाइभ उत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुने धारणा व्यक्त गरेका छन्।
भारतीय बजारमा टाटा एच फाइभ निकै चर्चित रहेको छ । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ हो । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।
टाटा एच फाइभमा पुश बटन स्टार्ट स्टप, सेमिडिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टिफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरूका कारण आकर्षक रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा