सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ओखलढुङ्गा । ओखलढुङ्गाका ६ वटा गाउँपालिकाले गत आर्थिक वर्षमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन्। मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापट २० लाख १४५ हजार ८६ रुपैयाँ खर्च गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
खिजिदेम्बा गाउँपालिकाले खानाखर्चमा १९ लाख १९ हजार, सिद्धिचरण गाउँपालिकाले १८ लाख ६९ हजार रुपैयाँ खर्च गरेका छन्। यस्तै, चम्पादेवी गाउँपालिकाले ११ लाख ३४ हजार, सुनकोसी गाउँपालिकाले ६ लाख ८१ हजार र चिसंखुगढी गाउँपालिकाले तीन लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा