सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदको लागि दोस्रो पटक साउन १ देखि १५ गते सम्म दरखास्त खुलाएको थियो ।
उक्त पदका लागि दरखास्त बुझाउने ११ जना प्राध्यापक डाक्टरहरुले फारम भरेका थिए । उनीहरुको साउन २९ गतेका अन्तवार्ता पछि ३ जनाको मात्रै नाम सिफारिस गरिएको थियो ।
यसैगरी पहिलो पटक असार ९ गते दरखास्त आव्हान गरिएको मा ६ जनाले दरखास्त बुझाएका थिए ।
यसैक्रममा, दरखास्त बुझाएका ६ जनानै उपाध्यक्ष पदको लागि अयोग्य भएको भन्दै विरोध भएको थियो । यसपछि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २४ को उपदफा (१) बमोजिम सबै योग्यता पूरा नभएकाले उनीहरुको दरखास्त रद्द गरिएको थियो ।
उपाध्यक्ष पदका लागि अन्तवार्ता पछि सिफारिस गरिएको ३ जना व्यक्तिहरु…
लोक सेवा आयोगका अध्यक्ष उमेश मैलानीको संयोजकत्वमा रहेको उपाध्यक्ष छनोट समितिका अन्य सदस्यमा प्राडा दिव्या सिंह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव शिशिर ढुंगानाले पहिलो नम्बरमा प्राडा सुरेन्द्र शेरचन, दोस्रो नम्बरमा प्राडा शम्भुकुमार पहारी र तेस्रो नम्बरमा प्राडा श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको थियो ।
मन्त्रिपरिषद्को बैठकले यीनै ३ जना मध्ये एक जनाको नाम सिफासिर गरेर यसै साता टुङ्गिगो लागाउने निर्णय गरेको थियो ।
तर, मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको पदमा कसैको नाम नतोकिएन पछि अहिले उनीहरुको उपाध्यक्ष बन्ने योग्यता नपुगेको कुरा चर्चामा आएको छ ।
उपाध्यक्ष बन्न चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर पास गरी चिकित्साशास्त्रकै कुनै पनि विधामा कम्तीमा २० वर्षको अनुभव भएको वा चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तिमा २० वर्षको अनुभव हुनुपर्ने उल्लेख गरिएको थियो । यसकारण ३ नै जना प्राडाको योग्यता नपुगेको चर्चा छ ।
दरखास्त दिने प्राडा श्री कृष्ण गिरीले भने सरकारले मागेको योग्यता आफ्नो पुग्ने भएरनै दरखास्त दिएको बताएका छन् । उनले भने ‘यदि योग्यताको बारेमा आयोगले सुरुमा नै भन्नु पर्ने हो । अहिले मन्त्रिपरिषद्ले निणर्य गर्नु पर्ने अन्तिम समयमा योग्यताको बारेमा कुरा उठ्दा आफूलाई अचम्म लागेको छ ।’
आयोगमा एक जना मात्रै उपाध्यक्ष बन्न पाउने व्यवस्था रहेको छ भने, उपाध्यक्षनै आयोगको प्रमुख कार्यकारीको रुपमा रहने प्रावधान रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा