सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समाजिक संजालमा गाली गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
केही दिन अघि सामाजिक संजालमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवालाई मार्ने धम्की दिएको आरोपमा बारा सिमराका २५ वर्षीय सागर मैनालीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मैनाली भर्खरै मात्रै वैदेशिक रोजगारीबाट स्वदेश फर्किएको खुल्न आएको प्रहरीले जनाएको छ । मैनालीलाई अपराध महाशखाको समन्वयमा ईलाका प्रहरी कार्यालय सिमराको सहयोगमा पक्राउ गरी ल्याईएको हो ।
उनलाई व्यक्तिविरुद्ध बिद्युतिय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको हुने महानगरीय अपराध महाशाखाले जनाएको छ । फेसबुक भिडियोमा विशिष्ट व्यक्तिहरुलाई मैनालीले काट्ने, ज्यान मार्ने खालका अभिव्यक्ति साथै असभ्य भाषामा गाली गलौज गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा