सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तुलसीपुर । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।
टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उहाँको भनाइ छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा