सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २९ । गायक कमल रसाइली र गायिका मेलिना राईको आवाजमा रहेको ‘एनी प्रोब्लोम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा टेकु क्षेत्रीको शब्द, हरि लम्सालको संगीत रहेको छ । गायक कमल र मेलिनाकले डान्सिङ नम्बरमा उक्त गीतलाई तयार पारेको छ । यो गीको भिडियोलाई दि कार्टुन क्रुले तयार पारेका हुन् ।
उक्त गीतको भिडियोमा कार्टुन क्रुको टिमलाई नै देख्न सकिन्छ । भिडियोलाई आश्मा विश्वकर्मा र सुविन चौहानले कोरियोग्राफी गरेका हुन् ।
यसैगरी भिडियोको टिमले कभर भिडियो प्रतिस्पर्धा समेत आयोजना गरेको छ । सेप्टेम्र ३ सम्म भिडियो तयार पारेर पठाउन सकिनेछ । नोभेम्बर १५ मा कभर भिडियोको नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
उक्त कभर भिडियोका विजेताले ५० हजार नगद र दि कार्टुन क्रु जुनियरसँग नयाँ भिडियोमा नृत्य गर्न पाउने जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा