सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १८ । फिल्म ‘छ माया छपक्कै’को विदेश राइट बिक्री भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्मका निर्माण युनिटले फिल्मको विदेश राइट १ करोड १६ लाखमा निशान बजगाईंलाई बिक्री गरेको हो ।
उक्त फिल्म रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको हो । फिल्मको एक गीत बाहेक बाँकी छायांकन सकिएकोले बाँकी रहेको गीत राजधानीमा खिच्ने तयारीमा निर्माण युनिट लागेका छन् ।
यो फिल्मा दीपकराज गिरी र केकी अधिकारीको जोडी देखिन सकिन्छ । यो फिल्म दशैंमा प्रदर्शनमा आउने गरि तयार पारिरहेको छ ।
उक्त फिल्ममा केदार घिमिरे, जीतु नेपाल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, सुपुष्पा भट्टलगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्मको निर्माता रोहित अधिकारी रहेका छन् । मुनाफाको ५० प्रतिशत लिने सर्तमा दीपक र दीपाको समुहले यो फिल्ममा काम गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा