सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार १ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामूलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीव्र पारेको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी, लगानीकर्ता र नेताहरु समेत लागिपरेका हुन् ।
शिवपुरी ईको टुरिजम एण्ड केबलकार लिमिटेडले गोकर्णेश्वर नगरपालिका–३ जगडोलस्थित सहिदपार्कबाट शिवपुरी–नागार्जुन निकुञ्जभित्रको मुलाबारीसम्म ३.६ किलोमिटर लम्बाइको केबलकार बनाउन वातावरणीय प्रभाव मूल्यांकन अध्ययन (ईआए) का लागि वन तथा वातावरण मन्त्रालयसँग स्वीकृति माग गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा