सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, जेठ १९ । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहको सरुवा भएको छ । गत बर्ष जेठ ४ गते सरुवा भएर टीकापुर आएका डिएसपी सिंहले टीकापुरमा एक बर्ष १८ दिन बिताएर सरुवा भएका हुन । यहि १७ गते उनी संगै सय जना डिएसपीहरुलाई सरुवा गरिएको हो ।
टीकापुरमा आउने बित्तिकै सबै संग बसेर लागू पदार्थ दुर्व्यसनले देशभरमै परिचित टीकापुरमा लागू पदार्थ क्लिन स्विप अभियान चलाएर चर्चित बनेका डिएसपी सिंहले सर्वसाधारणसँग पनि निकै सुमधुर सम्बन्ध गाँसेका थिए । उनलाई पछिल्लो समय टीकापुरको सिंगम नामले पनि चिनिन्थ्यो । छोटो समयमा निकै उपलब्धि हाँसिल गरेका डिएसपी सिंह ३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुरमा सरुवा भएका हुन ।
अब उनको ठाउँमा महानगरीय अपराध महाशाखा एवं लागू पदार्थ शाखाबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्ट आउने भएका छन । भट्ट टीकापुर पुग्न अझै केही दिन लाग्ने ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा