सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१७ औ लोकसभाको लागी भएको चुनावमा मतदाताहरले प्रचण्ड बहुमतसँगै भारतको बागडोर फेरी प्रधानमन्त्रि नरेन्द्र मोदीको हातमा सुम्पिदिएको छ । भाजपाले यो पटक २०१४ भन्दा पनि ठुलो र ऐतिहासिक जीत दर्ता गरेको छ । पहिलो यस्तो गैह कांगे्रसी पार्टी जसले लगातार दोस्रो पटक प्रचण्ड बहुमतले जित हासिल गरेको छ । १० राज्य र केन्द्र शासित प्रदेशमा क्लीन स्वीप…. आफनै दममा ३०३ भन्दा धेरै सिट…. यो ऐतिहासिक सफलता केबल प्रधानमन्त्रि मोदीको नाममा आएको छ । भाजपाको राष्ट्रवादको लहरमा सवार मतदाताहरुले जातिवाद, परिवादवाद र तृष्टिकरणको राजनिति ध्वस्त पारेका छन् ।
र कांग्रेस…. देशको सबैभन्दा पुरानो पार्टी लोकसभा चुनावमा लगातार दोस्रो पटक नराम्रोसँग पराजय, यस्तो कि नेता प्रतिपक्षको लागी फेरी एक पटक आवश्यक आकडा समेत जुटाउन सकेन । कांग्रेस अध्यक्ष राहुल गांधीको अगुवार्इंमा यो हार पुर्व प्रधानमन्त्रि इदिरा गांधी र राजीव गांधी (१९८९) को नेतृत्वमा भन्दा नराम्रो रह्यो । करिब ५ महिना पहिला कांग्रेस जुन तिन राज्य राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपालाई हराउदै सत्तामा फकिएको थियो, त्यहाँ पनि उसले हार ब्यहोर्नु पर्यो । आफै राहुल गांधि पुश्तैनी सीत अमेठीबाट चुनाव हारे । अमेठीबाट हार्ने उनी पहिलो गांधी परिवारका पहिला सदस्य हुन् ।
कांग्रेसका नौ पुर्व मुख्यमन्त्रिहरु सहित केयौ दिग्गजहरुले हारको सामना गर्नु पर्यो । दिल्लिको सत्ताको सबैभन्दा ठुलो ढोका युपीमा पनि भाजपाले रणनितिले सपा–बसपा–गठबन्धनको चुनौतिलाई ध्वस्त गरे । यो अर्को कुरा छ कि उसको सिट केही कम भयो । भाजपाले १२ प्रमुख र ठुलो राज्यमा ५० प्रतिशभन्दा धेरै भोट हासिल गरेसँगै पश्चिम बंगाल र ओडिशामा गएको चुनावको सफलताभन्दा ठुलो सफलता हासिल गरे । यता, युपीमा सहयोगी आफनो दलसँगै मिलेर पनि उसले ५ प्रतिशतभन्दा धेरै भोट हासिल गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा