सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, जेठ ८ । प्रहरीले पश्चिम नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ गरेका छन् । कास्कीको पोखरा उपमहानगरपालिका १९ प्रगतिनगर बस्ने ३२ बर्षका विमल गुरुङलाई रामग्राम नगरपालिका १२ को हुलाकी सडक खण्डबाट र नवलपरासीको रामग्राम ७ उजेनीका २६ बर्षीय रोशन आचार्यलाई पाल्हिनन्दन गाउँपालिका ५ भगतपुरवाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
गुरुङको साथबाट नुफिन ५३ एस्पुल, फेनारगन ५३ एमपुल, डाईजापाम ५३ एमपुल र थान १ सिरिङ्ग लागुऔषध फेला पारेको र रोशन आचार्यको साथबाट नाइलइयाट १० नामक ट्याभलेट ३०० पिस लागुऔषध फेला परेको प्रहरीले बताएको छ । प्रकाउ परेकालाई कारवाही अगाडि बढाउने प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा