सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ जेठ ५ । रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रजिल्लोतर्फ गइरहेको विमान होन्डुरसमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
होन्डुरस रोटान द्वीपमा विमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको हो ।
रोटानको विमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त विमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मृत्यु हुनेहरु ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा