सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ३१ । दुई विमान आकाशमा एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
उक्त घटना अमेरिकाको अलास्कास्थित केत्चिकनको आकाशमा ठोक्किएर भएको हो। सोमबार अपरान्ह १ बजे भएको दुर्घटनाबारे प्रिन्स क्रुज लाइन्सले प्रेस विज्ञप्तिमा उल्लेख गरेका थिए ।
यूएस फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार कून केव इलाका नजिकै द हेविल्याण्ड डिएचसी–२ बीवर र द हेविल्याण्ड अटर डिसी–३ विमान ठोक्किएको हो।
बीवरमा पाँच र अटरमा ११ यात्रु सवार थिए । बीवरमा सवार सबै यात्रुको मृत्यु भएको छ भने, चारको स्थिती गम्भीर भएको जनाए।
ताक्वान एयरद्वारा सञ्चालित पानीमा समेत तैरने सानो ‘फ्लोट प्लेन’ १० जना यात्रुसहित अलास्काको मिस्टी जोर्डसको भ्रमणबाट फर्किरहेको थियो ।
अर्कोमा रोयल प्रिन्सेस क्रुजका चार यात्री सवार विमान पनि अर्को यात्राबाट फर्किरहेको विज्ञप्तिमा बताइएको छ । रोयल प्रिन्सेस विमानका चार यात्रु र पाइलटको मृत्यु भएको पुष्टि भएको छ ।
ताक्वान एयर प्लेनका ९ यात्रुलाई उद्धार गरिएको छ भने उनीहरुको उपचार गराईरहेका छन् । उक्त विमानका एकजना हराइरहेको जानकारीमा उल्लेख छ ।
विज्ञप्तिमा पाइलटलाई के भयो भन्ने जानकारी दिइएको छैन भने दुर्घटनाको कारण पनि पत्ता लाग्न नसकेको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा